३ आश्विन २०८१, बिहिबार | September 20, 2024

महेश आचार्य कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त


December 24, 2023
166
Shares

काठमाडौं,८ पुस । कृषि विकास बैंक लिमिटेडले सञ्चालक समितिको सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ ।

सरकारको मन्त्रिस्तरीय निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक समितिको सदस्यमा आचार्य मनोनयन भएका हुन् ।

नवनियूक्त सञ्चालक सदस्य आचार्यसंग सरकारी सेवाको लामो अनुभव रहेको छ । उनी हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक नं.१०६७ का सञ्चालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् ।
सो अवसरमा कृषि विकास बैंकका सञ्चालक समितिका सदस्यहरु डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाईँ, रिता सुवेदी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले जनाएका छन् ।

प्रतिक्रिया