३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेशनल वाथरोग,पुष्पबृष्टि कृषि,नेशनल आई र दीपकुञ्ज स्कुलद्धारा स्वास्थ्य शिविर सम्पन्न


December 17, 2023
5.1k
Shares

ललितपुर, १ पुस । नेशनल वाथरोग सेन्टर, पुष्पबृष्टि कृषि सहकारी लिमिटेड, नेशनल आई सेन्टर तथा दीप कुन्ज ईङग्लिस स्कुलको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार ललितपुरको भैसींपार्टी–२५ सैंबुमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सय २७ जना भन्दा बढी लाभान्वित भएको समाजसेवी तथा नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतको प्रमुख आतिथ्य र केसीको संयोजकत्वमा शिविर सञ्चालन भएको हो । विशेष कार्यक्रममा बोल्दै नेता बस्नेतले चिसोबाट बच्न र निरोगी हुन सबैलाई सुुझाव दिएका थिए ।

शिविरमा बाथ रोग, आँखा, दाँत, रगत परीक्षण, हाड जोर्नी तथा चिसोबाट बच्ने उपाय सम्बन्धि जानकारी गराइएको थियो।

प्रतिक्रिया