३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जुवा खेल्ने र खेलाउनेहरूलाई कडा कारवाही गर्न सरकार नचुकोस


November 10, 2023
415
Shares

काठमाडौं, २४ कात्तिक । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले चार्डपर्वको अबसरमा जुवातास खेल्ने र खेलाउनेहरू माथी कडा कारवाही गर्न माग गरेका छन् । कानूनले छुन नसक्ने माफियाहरूको घरमा सधै जुवा अड्डा बन्दै आएको उनको आरोप छ ।

नेपालीहरुको महान् चाड विजयादशमी, शुभ दिपावली (तिहार) नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा शुभकामना दिदैं रायमाझीले जुवातासको अड्डामा जुनसुकै ओहदाका व्यक्ति भएपनि प्रशासनले कारवाही गरेर साहस देखाउन आग्रह गरेका छन् ।

“जुनसुकै ओहदामा रहेका व्यक्ति किन नहोस उनी उपर कानूनी कारवाही हुनै पर्दछ । सर्वसाधारणलार्ई मात्रै ऐन कानुन भन्ने होइन ।”–उनले लेखेका छन् “कानूनले छुन नसक्ने माफियाहरूको घरमा सधै जुवा अड्डा बन्दै आएको छ । पथभ्रष्ट सुरक्षाकर्मीहरूले नै त्यस्ता जुवा खालको बचाउ गर्ने गरेको यथार्थलाई प्रशासनले अनदेखा गर्न मिल्छ ?”

लेखक समेत रहेका रायमाझीले सर्वसाधारणलार्ई मात्रै कारबाही हुने गरेको भन्दै विभेदकारी नीतिले गर्दा सुरक्षाकर्मीहरूको मनोबल दिन प्रतिदिन गिर्दै गएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रायमाझीले यस्तै खालका विभिन्न कारणले प्रहरी संगठन प्रति नै आम नागरिकले हेर्ने दृष्ट्रिकोण र जनविश्वास पनि गुम्दै गएको टिप्पणी गरेका छन् । उनले चाडपर्वमा हुने सामाजिक विकृतिलाई हटायर शिष्टसालिन सभ्य वैदिक परम्परा जोगाउनु पर्नेमा जोड दिएका छन् । सांस्कृतिक एवं रमणीय चाडपर्वका अवसरमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारले नसकेको उनको तर्क छ ।

उनले लेखेका छन्–“भ्रष्टाचारमा व्यस्त रहेको प्रशासन नागरिकहरू प्रतिजवाफदेही बन्न सकेन । पूजासामग्रीहरूमा हानीकारक सामानहरु प्रयोग गरिरहेका छन् । सरकार आँखा चिम्लेर बसेको छ ।”

 

प्रतिक्रिया