मन्त्रिपरिषद्बाट प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री शाहको टोली आइतबार १स्४५ बजे भारत भ्रमणमा जाँदैछ। प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य रहनेछन्।
अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।


