४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालको दिगो विकासका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह


October 29, 2023
0
Shares

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमण महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपालको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसलाई राम्रो थाहा छ र मौसम परिवर्तनका असरबारे पनि छलफल भएको थियो।

नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उनले खेलेमने भूमिकाको दाहालले उच्च प्रशंसा गरे ।

भेटमा दाहालले त्यसैगरि नेपालको आर्थिक विकास र समृद्धिका बारे र नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह पनि गरेका छन्।

प्रतिक्रिया