४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालीपेन समाचारको प्रभाव : सम्पत्ति शुद्धीकरण, कर प्रशासन र प्रहरीबाट व्यवसायी त्रसित भएको अर्थको निष्कर्ष


September 30, 2023
166
Shares

काठमाडौं,१३ असोज । कर प्रशासनको ज्यादति, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तर्साउने र प्रहरीले धरपकड गरेकोले व्यवसायीहरु थप मारमा परेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । सम्पत्ति शुद्धीकरण, कर प्रशासन र प्रहरीका कारण व्यावसायिक वातावरण नराम्ररी प्रभावित भएको मन्त्रालयको ठहर छ ।

नेपालीपेनमा गत असोज १० गते ‘भ्रष्ट सरकारी कर्मचारीहरुको अकुत सम्पति छानबिन गर्नुपर्छ’ शिर्षकमा समाचार प्रकाशित भएपछिको सो विषयमा चौतर्फी विरोध भएको थियो ।

अर्थ सचिव कृष्णहरि पुष्करले भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र प्रहरीको ज्यादतीका कारण व्यावसायिक वातावरण खल्बलिएको भन्दै आफूमातहत निकायलाई बोलाएर छलफल गरेका हुन्।

राजनीतिक विश्लेषक तथा भ्रष्टाचार विरुद्धको अभियानका संयोजक प्रकाश रायमाझीले तीन तहका सरकारले व्यापारी,व्यवसायीहरुमाथि कर उठाएर उठिबास लगाउन खोजेको एक वक्तव्य जारी गर्दै आरोप लगाएका थिए ।

मन्दी भएको अवस्थामा तीनै तहका सरकारले घाँटी निमोठ्ने गरी कर उठाएर स्वदेशमा गरी खानेलाई उठिबास लगाउन खोजेको उनको भनाई थियो । भ्रष्ट सरकारी कर्मचारीहरुको अकुत सम्पत्ति छानबिन गर्नुपर्ने उनले माग गरेका थिए ।

यो पनि पढ्नुहोस् भ्रष्ट सरकारी कर्मचारीहरुको अकुत सम्पत्ति छानबिन गर्नुपर्छ : प्रकाश रायमाझी  https://nepalipen.com/2023/09/6431/

 

प्रतिक्रिया