२ मंसिर २०८१, आइतबार | November 18, 2024

अमिताभको मेकअप आर्टिस्टको डेढ लाखको मोवाइल भेट्टाएर भरीयाले दिएपछि चौतर्फी तारिफ


0
Shares

एजेन्सी, ८ चैत्र । मुम्बईको दादर रेलवे स्टेसनमा दशरथ दौंड नाम गरेका भरियाको इमानदारीको प्रशंसा भइरहेको छ । दशरथले दादर स्टेशनको प्लेटफर्म नम्बर चारमा एउटा मोबाइल फेला पारे। उक्त मोबाइलको मूल्य एक लाख ४० हजार थियो ।

तर, खास कुरा के छ भने मोबाइल जसको हो, उनी मेगास्टार अमिताभ बच्चनका नजिकका हुन् । यो फोन बिग बीका मेकअप आर्टिस्ट दीपक सावन्तको हो। दशरथको इमानदारी देखेर खुसी भएर उसलाई एक हजार इनाम पनि दिए ।

दशरथ दौंडले दादर रेलवे स्टेसनमा दैनिक ३०० रुपैयाँ कमाउँछन्। जो कसैको पनि महंगो फोन देखियो भने केही समयको लागि पक्कै पनि आँखा चम्किन्छ ।

तर, दशरथ दौंडको विश्वास डगमगएन र उनले छाडेको फोन फिर्ता गर्ने निर्णय गरे । दशरथले पहिले त्यहाँ उपस्थित मानिसहरूलाई सोधे। त्यसपछि उनी सिधै रेलवे प्रहरी चौकी पुगे ।

प्रहरीको अनुसन्धानमा यो फोन अमिताभ बच्चनका मेकअप आर्टिस्ट दीपक सावन्तको भएको पत्ता लागेको थियो । दीपक सावन्तका परिवारका सदस्यहरूसँग सम्पर्क भयो। त्यहाँ दशरथको इमान्दारिता देखेर खुसी हुँदै मोबाइलका मालिकले उनलाई एक हजार रुपैयाँ पुरस्कार दिए ।

दशरथले यो फोन चैत २१ गते राति पाएका थिए । आफ्नो काम सकेर प्लेटफर्म नम्बर चार तर्फ हिड्दै गर्दा उसले त्यो फोन देखे । त्यतिबेला ११ः४० बजेको थियो। दशरथलाई मोबाइल आदिको खासै ज्ञान नभएकोले तुरुन्तै त्यहाँका मानिसहरूसँग सोधपुछ गरे । पछि उनी जीआरपी कार्यालय गएर फोन जिम्म लगाए ।
दशरथले अरुको सामान आफूसँग कहिल्यै नराख्ने बताउँछन् । उनले बुझाएको केही समयपछि प्रहरीले दशरथलाई फोन गरेर फोनको मालिक भेटिएको बताए । दीपक सावन्त लगायतका प्रहरीहरुले पनि दशरथको इमानदारीको प्रशंसा गरेका छन् ।

दीपक सावन्त ४ दशकभन्दा बढी समयदेखि अमिताभ बच्चनसँग जोडिएका छन् । उनले बिग बीको लागि ४८ वर्षदेखि एक दिन पनि छुट्टी नलिई काम गरिरहेका छन् । दीपकको कामप्रतिको समर्पण यसबाट बुझ्न सकिन्छ कि जब उनकी आमाको मृत्युको खबर उनलाई पुग्यो, तब उनी अमिताभ बच्चनको मेकअप गर्दै थिए ।

 

प्रतिक्रिया