३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माओवादी धारबीच कार्यगत एकताको प्रयास भएपनि सफल भएन : नेता गजुरेल


0
Shares

काठमाडौं, ६ चैत्र । नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी काम गरिरहेको टिप्पणी गरेका छन् ।

आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री दाहालका ति कामबारे जनताका बीचमा उजागर गराउनु जरुरी रहेको समेत बताए । देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको उनको भनाइ थियो ।

उनले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए । ‘माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन । सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो ।’–उनले भने ।

 

प्रतिक्रिया