५ आश्विन २०८१, शनिबार | September 21, 2024

कोशीमा मुख्यमन्त्रीलाई जसपाले मत नदिने


0
Shares

विराटनगर, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जसपाले विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपाको आज बसेको बैठकले कोशी प्रदेश विश्वासको मत नदिने निर्णय भएको हो ।

कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ ।

पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया