२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पर्यटनमन्त्री किराँतीको ‘पहराकी फूल’ सार्वजनिक


0
Shares

काठमाडौं, ६ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको शब्द रचना रहेको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ ।

उक्त गीतको आईतवार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा मन्त्री सुदन किराँतीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताए । आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको उनको भनाई थियो ।

कार्यक्रममा अभिनेता दयाहाङ राई, निर्देशक शान्तिराम राईले गीत राम्रो भएको बताए । गीतमा रुपकुमार राईको स्वर रहेको छ भने मन्त्री किराँतीको शब्द रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया