५ कार्तिक २०८१, सोमबार | October 22, 2024

२ जना मेडिकल सञ्चालक पक्राउ


0
Shares

काठमाडौं, २ असार । कञ्चनपुरमा २ जना मेडिकल संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डल पक्राउ परेका छन्
उनीहरुmेऔषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रतिक्रिया