१४ भदौ २०८३, आइतबार | August 30, 2026

एनभिए सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन, अध्यक्षमा विपिन विष्ट निर्विरोध


August 30, 2026
913
Shares

कैलाली । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) सुदूरपश्चिम प्रदेशको तेस्रो कार्यकारिणी समितिबाट नयाँ नेतृत्व चयन भएको छ। कैलालीको गोदावरीमा शनिबार आयोजित कार्यक्रमबाट प्रदेशको नयाँ कार्यसमितिको अध्यक्षमा इ। विपिन विष्ट निर्विरोध निर्वाचित भएका हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रविन्द्र विष्ट र रमेश खड्का, सचिवमा लक्ष्मीराज पाठक, सह–सचिवमा प्रकाश ब। रावल तथा कोषाध्यक्षमा पुष्पराज पाण्डे निर्विरोध निर्वाचित भएका हुन्।

कार्यक्रममा एनभिए केन्द्रीय अध्यक्ष इ. सञ्जय कुमार महतो प्रमुख अतिथिका रूपमा तथा केन्द्रीय उपाध्यक्ष इ. प्रज्ञान घिमिरे विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महतोले देशभरका मूल्याङ्कनकर्ताबीच एउटै मूल्याङ्कन शुल्क र एकरूप प्रतिवेदन ढाँचा कायम गर्ने दिशामा एनभिए अघि बढिरहेको जानकारी दिए ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा देवीदत्त भट्ट, राजन चौधरी, हिम्मत ब। चौधरी, डम्बर साउद, सुरेन्द्र बम, विवेक पाण्डे र राकेश सिंहभाट निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले सुदूरपश्चिममा मूल्यांकन पेशालाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै भ्यालुयर्सका पेशागत हकहित तथा संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमिति चयनसँगै सुदूरपश्चिम प्रदेशमा एनभिएको संगठनात्मक गतिविधि थप सक्रिय हुने र मूल्यांकन क्षेत्रका समसामयिक समस्या समाधानका लागि संस्थागत पहल अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया