३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बन्दिपुर–३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


0
Shares

काठमाडौं,२७ जेठ । तनहूँको बन्दिपुर गाउँपालिका ३ नम्बर वडाले आर्थिक वर्ष २०७९–८० को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको प्रमुख आतिथ्यमा शुक्रबार वडाकै आफ्नै कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष परमेश्वर भट्टराईको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा २०७९ साउन १ गतेदेखिको २०८० वैशाख ३१ गतेसम्मको वडाको आय विवरण प्रस्तुत गरिएको थियो ।

गाउँपालिका अध्यक्ष थापा,उपाध्यक्ष पन्चमाया गुरुङ, वडाध्यक्ष भट्टराई, बन्दिपुर अस्पतालका डाक्टर आशिष अधिकारी,पशुशाखा प्रमुख मधुविलास न्यौपानेलगायतले वडावासीले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

वडा सचिव पुनम डोटेलले सञ्चालन गरेको सो कार्यक्रममा १ सय ५० जना वडावासीको उपस्थिति थियो । केन्द्रबाट समपुरक योजनाका् लागि १ करोड बिनियोजन भएकोमा गाउँपालिकाले १ करोड रुपैयाँ थपेर २ करोडको बन्दिपुर–खहरे–सेराटार–सुकौरा मोटरमार्ग अन्तर्गत खहरे–सेराटार सडक खण्ड पिच गर्ने काम भइरहेको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

“वडाले गत साउनदेखि वैशाखसम्म १ वर्ष नपुग्दै कुल ८ लाख ५४ हजार ७ सय ४१ रुपैयाँ संकलन गर्न सफल भएको छ,जसमा सबैभन्दा धेरै भूमिकर÷मालपोत ३ लाख १६ हजार २ सय ४१ रुपैयाँ उठाएका छौं ।”–अध्यक्ष भट्टराईले भन्नुभयो, “सम्पत्ति कर २ लाख ३५ हजार १ सय ९८ रुपैयाँ, घर/जग्गा वहाल कर ७ हजार ५ सय रुपैयाँ संकलन गरेका छौं ।”

वडाले अन्य कर ५ सय, सिफारिस दस्तुर २ लाख ३८ हजार ८१, व्यक्तिगत घटना दर्ता दस्तुर ३१ हजार ५ सय,नाता प्रमाणित दस्तुर ११ हजार ८ सय,अन्य दस्तुर १३ हजार १ सय ८५,अन्य दस्तुर ७ सय ३६ गरी
कुल ८ लाख ५४ हजार ७ सय ४१ संकलन गरेको छ ।

 

प्रतिक्रिया