सन्दीप लामिछाने एकदिवसीय टीमको कप्तान नियुक्त
काठमाडौं । स्पिनर सन्दीप लामिछाने एकदिवसीय टीमको नयाँ कप्तान नियुक्त भएका छन् ।
आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान०ले कप्तानको जिम्मेवारी दिएको हो ।
सन्दीपसँगै क्यानले १४ सदस्यीय टोली पनि घोषणा गरेको छ। जसमा सन्दीप लामिछाने ९कप्तान० आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।


