२ भदौ २०८३, मंगलबार | August 19, 2026

पर्यटन सेवामा नयाँ सोच र विश्वसनीयताको साथ – एसभी होलिडेज नेपाल


12k
Shares

काठमाडौं, १ असार । पर्यटकीय भिसामा विभिन्न देशहरूको भ्रमण गर्न चाहने सम्पूर्ण नेपाली तथा विदेशी यात्रुहरूको सेवा र सुविधालाई मध्यनजर गर्दै एसभी होलिडेज नेपालले काठमाडौंको डिल्लीबजार (बाटुले घर नजिक) आफ्नो कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने भएको छ।

थाइल्याण्डको पतैया शहरबाट आफ्नो यात्रा सुरु गरेको यस संस्थाले अब भारतको दिल्ली तथा नेपालको डिल्लीबजार बाट समेत आफ्ना सेवाहरू विस्तार गर्दै पर्यटकहरूलाई सहज, सरल, भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

यस कम्पनीले केवल आर्थिक आम्दानीको उद्देश्य मात्र नराखी विभिन्न देशका मौलिक संस्कृति, परम्परा, इतिहास तथा भौगोलिक विशेषताहरूलाई एकअर्कासँग जोड्दै अन्तरदेशीय सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य समेत राखेको छ। पर्यटनलाई विश्व समुदायबीच मित्रता, सहकार्य र सांस्कृतिक साझेदारीको माध्यम बनाउने यसको दीर्घकालीन सोच रहेको छ।

एसभी होलिडेज नेपाल  मार्फत हवाई टिकट खरिद–बिक्री, ट्राभल प्याकेज, भ्रमण व्यवस्थापन तथा पर्यटकमैत्री विभिन्न नवीन सेवाहरू उपलब्ध गराइनेछन्। आधुनिक प्रविधि, ग्राहकको विश्वास र गुणस्तरीय सेवामा आधारित भई कम्पनीले पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छ।

यस संस्थाका सञ्चालकहरू संजिव गुरुङ्ग, प्रकाशराज पन्त र विजयकुमार पाण्डे पर्यटन व्यवसायमा नयाँ ऊर्जा, नवीन सोच र व्यावसायिक उत्कृष्टता स्थापित गर्ने दृढ संकल्पका साथ अगाडि बढिरहेका छन्।

प्रतिक्रिया