मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्ने प्रतिस्पर्धामा नेपाली मूलका युवा सतीश चापागाईं
अमेरिका — नेपाली मूलका युवा नेता अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्न प्रतिस्पर्धामा उत्रिएका छन् । सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका सतीश चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए)बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् ।
हाउस अफ डेलिगेट्स चयनका लागि मेरिल्यान्डमा आगामी नोभेम्बरमा हुने चुनावी प्रतिस्पर्धामा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न प्राइमरी इलेक्सन (उम्मेदवार छनोटका लागि पार्टीभित्र हुने निर्वाचन) मा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नोभेम्बरमा हुने हाउस अफ डेलिगेट्स निर्वाचनका लागि डेमोक्रेटिक पार्टीमा प्राइमरी इलेक्सन आगामी जुन २३ मा हुनेछ । हाउस अफ डेलिगेट्स उम्मेदवार बन्ने होडमा डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा सतीशसँगै चार जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । चारमध्ये प्राइमरी इलेक्सनमा बढी मत ल्याउने दुई जना उम्मेदवारका लागि डेमोक्रेटिकबाट छनोट हुनेछन् । यीमध्ये बढी मत ल्याउने दुई उम्मेदवारले आगामी नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका दुई उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने छन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने दुई पार्टीका चार उम्मेदवारमध्ये विजयी हुने २ जना मेरिल्यान्डको डिस्ट्रिक्ट ७ (ए) को सांसद बन्ने छन् ।
पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरू गरेका सतीश नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारको भूमिकामा समेत छन् । नेपालमा पाल्पा घर भएका उनी विगत चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रुपमा आबद्ध छन् ।
डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा आफ्नो जित हुने र हाउस अफ डेलिगेट्समा आफू रिपब्लिकनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए । हामीसंग कुरा गर्दै सतीशले नेपाली मूलका अमेरिकी जनताको आवाज बनेर आफू राजनीतिमा होमिएकाले अमेरिका भरका नेपालीको साथ, सहयोग समर्थन आफूमाथि रहेको दाबीसमेत गरे ।
पछिल्लो समय विश्वभर फैलिएका नेपाली मूलका व्यक्तिहरू विभिन्न देशको मूलधार राजनीतिमा नेतृत्वदायी भूमिकामा पुग्ने प्रयासमा सक्रिय देखिएका छन्। यही क्रममा अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मूलका Harry Bhandari विजयी हुनु नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि बन्यो। उनी अमेरिकाकोMaryland राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट राज्य सांसद (House of Delegates) मा निर्वाचित भएका थिए।
भण्डारीको जितले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको इतिहासमा पहिलोपटक मूलधार राजनीतिमा राज्य सांसदका रूपमा प्रतिनिधित्व सुनिश्चित ग¥यो। नेपाली मूलका व्यक्तिहरूमध्ये विदेशको मूलधार राजनीतिमा प्रवेश गरेर जनप्रतिनिधि बन्ने सन्दर्भमा भण्डारीलाई अग्रणी र ऐतिहासिक व्यक्तित्वका रूपमा लिइन्छ। उनी सन् २०१९ देखि मेरील्याण्ड राज्य संसद्मा कार्यरत छन्, जसले नेपाली समुदायको राजनीतिक पहुँच र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप बलियो बनाएको छ।

