संसदबाट भागेर अध्यादेश ल्याए केपी ओलीको हालत हुने ज्ञानेन्द्र शाहीको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट भागेर अध्यादेश ल्याए केपी ओलीको हालत हुने चेतावनी दिएका छन् ।
विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
उनले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने बताए।
उनले भने–‘ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुस्’
