१२ बैशाख २०८३, शनिबार | April 25, 2026

विश्वराज पोखरेलले स्विकारे गल्ती, माफी माग्दै भने- भिडियो अपूर्ण छ


415
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मुख खोलेका छन्।

उनले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो गल्ती भएको स्वीकारेका छन्।

‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले बसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचा गदर्छु।’-उनले भनेका छन् । यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको उनको दाबी छ।

Screenshot

 

प्रतिक्रिया