एमालेकी समर्थक अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौं, १८ चैत्र। एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
साइबर हिंसामा परेकी पराजुलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उनको भिडिओरफोटोलाई ट्रोल बनाउँदै सामाजिक सञ्जालमा तल्लोस्तरका गाली तथा बलात्कारसम्मको धम्की आएको थियो ।
आफूले बोलेको विषयलाई दुरुपयोग गर्ने, एआईबाट फेक भिडिओ बनाएर कमेन्ट बक्स र सामाजिक सञ्जालमा गाली आएको भन्दै उनले प्रमाणसहित दोषीमाथि कारबाहीको माग गरेकी छन् ।


