रणनीतिक लगानी र बलियो आधारसहित अघि बढ्दै नेपाल हाइड्रो डेभलपर्स
नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (NHDL) कम चुक्ता पूँजी भए पनि आधारभूत रूपमा मजबुत र सम्भावनायुक्त कम्पनीको रूपमा परिचित हुँदै गएको छ। जलविद्युत् क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित गरिएको लगानीका कारण कम्पनीको भविष्य उज्यालो देखिन्छ।
कम्पनीको सोलु हाइड्रो लिमिटेडमा ३ लाख कित्ता सेयर लगानी रहेको छ भने सुपर खुदी हाइड्रोपावर लिमिटेडमा पनि महत्वपूर्ण लगानी रहेको छ।
(NHDL) को लगानी रहेको दुबै हाइड्रोको आइपिओ आएको छ । पछिल्लो समय यी दुबै कम्पनीको क्ष्एइ आउने तयारीमा रहेको खबर सार्वजनिक भएसँगै नेपाल हाइड्रो डेभलपर्सप्रति लगानीकर्ताको चासो उल्लेख्य रूपमा बढ्न थालेको हो ।
वित्तीय सूचकांकको कुरा गर्दा, कम्पनीको प्रति सेयर आम्दानी (NAV) रु. १२४ रहेको छ भने अर्निङ पर सेयर (EPS) करिब रु. २० रहेको देखिन्छ।
यसले कम्पनीले आफ्नो लगानीबाट नियमित र सन्तोषजनक आम्दानी गरिरहेको स्पष्ट संकेत गर्दछ।
सोलु र सुपर खुदी हाइड्रो दुबै कम्पनी IPO पश्चात नेप्सेमा सूचीकृत भएमा, नेपाल हाइड्रो डेभलपर्सको लगानीको बजार मूल्य उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। यसबाट कम्पनीको कुल सम्पत्ति र वार्षिक मुनाफा अझ मजबुत हुने सम्भावना देखिन्छ।
समग्रमा, नेपाल हाइड्रो डेभलपर्स रणनीतिक लगानी, स्थिर आम्दानी र जलविद्युत् क्षेत्रको दीर्घकालीन वृद्धिसँगै दीर्घकालीन लगानीकर्ताका लागि भरोसायोग्य र सम्भावनायुक्त कम्पनीका रूपमा अघि बढिरहेको छ।


