४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ईमान्दार भएर काम गर्नुस : मन्त्री रिजाल


0
Shares

काठमाडौं, ३० वैशाख । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो । उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्योपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराउनु भएको थियो । अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरुसग भेट गर्नु भयो । कर्मचारीहरुले मन्त्री रिजाल समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए । अनुगमन तथा निक्षणमा आफ्नो मूख्य उद्देश्य नै कर्मचारीहरुको भावना बुझ्ने रहेको बताउदै मन्त्री रिजालले यथाशिघ्र सबै समस्याको समाधान गर्ने तर्फ आफु अग्रसर रहने बताउनु भयो ।

मन्त्री रिजालले उद्योग परिसरमा समेत उद्योगमा कर्यरत कर्मचारीसग भेट गर्नु भयो । भेटका क्रममा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले साझा धारणा सहित मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाएका थिए । बेला बेलामा उद्योग बन्द हुने गरेको लगायतका समस्याहरु सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सृजना गरिदिन मन्त्री रिजाललाई आग्रह गरे ।

मन्त्री रिजालले सहज उपाए निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो । यो उद्योग तपाईंहरु कै हो, यसलाई आफ्नै सम्झेर काम गर्नुसू भन्दै मन्त्री रिजालले ईमान्दार भएर काम गर्न सबैमा आग्रह समेत गर्नु भयो ।

उद्योग अवलोकनका क्रममा मन्त्री रिजालले जिर्ण भएका मेसिनहरु प्रति चासो देखाउनु भएको थियो । मेसिनका पार्टपुर्जा फेर्नु पर्ने, नयाँ मेसिन जडान गर्नु पर्ने भए सो अनुसार ब्यवस्था गरि उद्योग सन्चालनलाई निरन्तरता दिन मन्त्री रिजालको जोड रहेको थियो । उद्योग सन्चालन र यस्को निरन्तरताका निमित्त उद्योग मन्त्रालय गम्भिर रहेको बताउदै मन्त्री रिजालले अपुग आवश्यक रकमका लागि प्रधानमन्त्री कार्यालय, तथा अर्थ मन्त्रालयसग आफुले कुरा गर्ने बताउनु भयो ।

प्रतिक्रिया