प्रधानमन्त्रीले किन बोलाइन् सुरक्षा परिषद् बैठक ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी हुन्।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।


