२४ आश्विन २०८२, शुक्रबार | October 11, 2025

काठमाडौंमा कहाँ–कहाँ तोकियो फुलमाला बिक्रि स्थल ?


October 10, 2025
83
Shares
NARESH KRI.SHRESTHA

काठमाडौं,२४ असोज । काठमाडौं महानगरपालिकाले तिहारमा फुलमाला बिक्रि गर्न ३२ स्थान तोकेको छ । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ ।

महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला बिक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै बिक्री गर्न पाइनेछ ।

कहाँ कहाँ तोकियो फुलमाला बिक्रि स्थल ?
नयाँ बानेश्वरको एनबी सेन्टर, शंखमूलको बिग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेको तीनकुने चौर, सिफलको सिफल चौर, चाबहिलको एसपी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केयल टावर अगाडि र चाबहिल सेन्टर अगाडि, स्वयम्भूको धर्मचौक पार्कमा फूलमाला बिक्री गर्न पाइन्छ ।

यसैगरी कालीमाटीको कालीमाटी ब्याङ्क्यूट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डोमा फूलमाला बिक्री गर्न पाइनेछ ।

यसैगरी हाँडीगाउँस्थित वडा नम्बर ५ अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुसीको कोइराला स्मार्ट, सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटी बिल्डिङ, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धारास्थित काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय निर्माण स्थल र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा बिक्री वितरण केन्द्र तोकिएको छ ।

प्रतिक्रिया