मुल्यांङकनकर्ता ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने तालिम सम्पन्न

काठमाडौं,१२ पुस । सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित ३ दिने २९ औं तालिम सम्पन्न गरेको छ । शुक्रबारदेखि सुरु भएको उक्त तालिम (साउन ९–११) आइतबार समापन गरिएको हो ।
नेपाल ईन्जिनियर्स एशोसिएसन (एनइए) का अध्यक्ष ई.सुवासचन्द्र बरालको प्रमुख आतिथ्यमा र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा उक्त तालिम सुरु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समापन कार्यक्रमका प्रमुख अतिथि थिए ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ई. महतोले ७५ प्रतिशत बैंकको नाफा सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुसँग जोडिएको दाबी गरे । बैंकिङ्ग क्षेत्र र मुल्यांकनकर्ताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने तर्क गरे । एनभिएले दिंदै आएको तालिमले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि भइरहेको पनि बताए ।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ७७ जिल्लामा गरेका मुल्यांकनको रकम डेटाबेसमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए । मुल्यांकनको रकम डेटाबेसमा राख्न सके काम गर्न अझै सहज र पारदर्शी हुने पनि उनको तर्क थियो । मुल्यांनकलाई पारदर्शि बनाउदा कर्जा प्रवाहलाई सुरक्षित बनाउन सकिने उल्लेख गर्दै पौडेलले त्यसका लागि एशोसिएसनसँग बसेर छलफल गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले स्पष्ट पारे ।
त्यसैगरी, एशोसियशनका पूर्व अध्यक्ष एवं पूर्व मेयर दिपकबाबु कडेंलले सम्पुर्ण भ्यालुयर्स इन्जिनियरहरु मर्यादित भएर काम गर्नुपर्ने बताए । मुल्यांनकन कर्ताहरुले आफ्नो पेशाको गम्भिर्यतालाई बुझेर गलत काम नगर्न सुझाव दिए । मूल्यांकनकर्ताको थोरै गलत कामले देशको इकोनोमिक स्टाटसमा समेत असर गर्ने पनि उनले उल्लेख गरे ।
ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने पनि विश्वास लिएको एनभिएका सचिव ई.रबिन्द्र अधिकारीले बताए ।
एनभिएका उपाध्यक्ष ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक हुन भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका छन् ।
चल अचल सम्पत्ति मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ४६ जना इन्जिनियरहरु सहभागी थिए ।