काठमाडौं–१४ द्धारा क्षेत्रापाल भैरवनाथ सेवा समाजलाई बाद्यवादन सामाग्री हस्तान्तरण

काठमाडौं,४ आइतबार । काठमाडौं महानगरपालिका वडा नं. १४ ले श्री क्षेत्रापाल भैरवनाथ सेवा समाजलाई विभिन्न बाद्यवादनका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
वडाको तर्फबाट सदस्यहरु अच्युत सापकोटा,अनिता नेपाली र शोभा कार्की खड्काले सो सामाग्री श्री क्षेत्रापाल भैरवनाथ सेवा समाजका अध्यक्ष मुकुन्द न्यौपानेलाई आइतबार हस्तान्तरण गरेका हुन् ।
वडाले आफ्ना वडाबासीलाई बहुउयोगी सिपमुलक तालिमहरु, युवा वर्ग लक्षित भिडियोग्राफी,फोटोग्राफी, भिडियो इडिटिङ, प्रतिवेदन लेखन लगायत प्रशिक्षण तालिमहरु आयोजना गर्दै आएको छ ।
१४ नं वडाले केही दिन अघि मात्र बल्खु–उमामहेश्वोर मन्दिर तर्फ बाटो किनारा, बैदिनी पाटी चिहान तर्फ जाने बाटो र करखुशी मार्गमा बुधबार ढलान कार्य सम्पन्न गरेको थियो ।
त्यसैगरी, पहिलो र दोस्रो चरणमा ३ सय भन्दा बढी वडाका ज्येष्ठ नागरिकहरुलाई डोलेश्वर,पनौतीको चण्डेश्वरी र धनेश्वरी, काभ्रेपलाञ्चोकको भगवती मन्दिर, जलविनायक, कार्यविनायक मन्दिरलगायत धार्मिक स्थलहरुको भ्रमण गराएको थियो भने वडाले भ्रमणमा उपस्थित ज्येष्ठ नागरिकहरुलाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।
काठमाडौं महानगरपालिकाले केही समय अघि १४ नं वडालाई उत्कृष्ट काम गरेको भन्दै वडाध्यक्ष सुमन श्रेष्ठलाई पुरष्कृत समेत गरेको थियो । उनले टोल–टोल पुगेर वडाबासीको समस्या सुन्ने र समाधानको प्रयास गर्दै आएका छन् । श्रेष्ठ हरेक दिन बिहानदेखि बेलुकासम्म नै जनताको कामका लागि खटिरहन्छन् ।
वडाले आर्थिक वर्ष २०८१र०८२ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनीयोजन गरिएको बजेटबाट यी कार्यक्रमहरु सम्पन्न गरेको हो ।