२८ असार २०८२, शनिबार | July 12, 2025

एनभिएका अध्यक्ष महतोले दिए सडक आन्दोलनको चेतावनी


30.8k
Shares

काठमाडौं,२६ असार । नेपालका व्यावसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)का अध्यक्ष ई.संजयकुमार महतोले मुल्यांकनकर्ताहरुको माग पुरा गर्न सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत महतोले इन्जिनियरहरुको अबको बिकल्प सडक आन्दोलन नै भएको भन्दै आन्दोलनका लागि तयार हुन पनि सदस्यहरुलाई आग्रह गरेका हुन् ।

चिकित्सकहरुको माग पुरा गराउन सडक आन्दोलनले महत्वपुर्ण भूमिका खेलेको भन्दै उनले इन्जिनियरहरुको अबको बिकल्प सडक आन्दोलन नै भएको समेत स्पष्ट पारेका छन् ।

एनभिएले आगामी असार ३२ गते बुधबार मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ । एनभिएका सम्पुर्ण सदस्यहरुलाई अनिवार्य रुपमा उपस्थित हुन आह्वान गरिएको छ । सोही दिन सडक आन्दोलन सम्बन्धि महत्वपुर्ण निर्णय गर्ने एनभिएले तयारी गरेको छ ।

नेपाल चिकित्सक संघ र सरकारबीच मंगलबार साँझ तीन बुँदे सहमति भएपछि चिकित्सकहरूले सुरु गरेको आन्दोलन स्थगित भएको थियो । उपभोक्ता अदालतको पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै संघको नेतृत्वमा देशभरका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका थिए ।

 

प्रतिक्रिया