२१ असार २०८२, शनिबार | July 6, 2025

किरण पौडेलद्धारा जनसम्पर्क समितिहरुको स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउने प्रस्ताव पेश


166
Shares

काठमाडौं,२१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विदेश विभाग प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिको स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठमा पेश गर्नुभएको छ ।

गत असार १६ गतेदेखि सुरु भएको बैठकको पाँचौ दिन शुत्रबार शर्माले आफ्ना धारणा राख्दै विदेशस्थित जनसम्पर्क समितिहरुको निर्वाचन तालिका सम्बन्धी कार्यक्रम, जनसम्पर्क समितिको महादेशस्तरीय संरचना निर्माणको आवश्यकता र जनसम्पर्क समितिको स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउने प्रस्ताव पेश गर्नुभएको सामाजिक सञ्जालमार्फत पौडेलले यसको जानकारी दिनुभएको हो ।

त्यसैगरी बैठकमा उहाँले डायस्पोरामा रहेका नेपालीको हितको पक्षमा नेपाल सरकारका वर्तमान परराट्र मन्त्री डा।आराजु राणा देउवाले पुर्र्याएको सहयोगलाई धन्यवाद दिएर जनसम्पर्क समितिहरूको अधिवेशनको कार्यतालिका र अंतराष्ट्रीय जनसम्पर्क समिति, नेपाली जनसम्पर्क समिति महादेश स्तरीय समिति गठन गर्न प्रस्ताव गर्नुभएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुले दिनुभएको जानकारी अनुसार विभाग प्रमुख पौडेलले विदेशस्थित जनसम्पर्क समितिहरुलाई तीन महिना सदस्यता वितरणको समय दिने र सो सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने कार्यदेश सहितको निर्देशन दिन आवश्यक भएको प्रस्ताव पेश गर्नुभएको छ । उहाँले जनसम्पर्क समितिहरुलाई क्रियाशील र गतिशील बनाउन अधिवेशन अपरिहार्य भएको उल्लेख गर्नुभएको थियो ।

विभाग प्रमुख पौडेलले जनसम्पर्क समितिहरुको संगठानात्मक स्वरुप विस्तारित गर्न महादेश स्तरीय समिति निर्माण गर्न बाञ्छनीय देखिएको भन्दै सोसम्बन्धी प्रस्ताव पनि पेश गर्नुभएको छ । केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख पौडेलले नेपाली जनसम्पर्क समिति स्थापनाको ४९ बर्ष पूरा भएर ५० बर्ष लागेकोले स्थापनाको स्वर्ण जयन्ती मनाउन उपयुक्त देखिएको भन्दै सो सम्बन्धी प्रस्ताव पारित गर्न केन्द्रीय समितिसमक्ष अनुरोध गर्नुभएको थियो । । नेपाली जनसम्पर्क समितिको स्थापना नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको समुपस्थितिमा १९७६ जुन १३ मा भारतको मुम्बईमा भएको थियो ।

अहिले नेपाली जनसम्पर्क समिति विश्वभर फैलिएको छ । नेपाली कांग्रेसको अभिलेखमा ३७ देशमा जनसम्पर्क समति गठन भएको देखिन्छ। तर १४ औ महाधिवेशनमा २९ देशका प्रतिनिधिहरुले मात्र भाग लिएका थिए ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले नेपालीहरुको संख्या बढ्दै गएका अन्य देशहरुमा पनि जनसम्पर्क समिति विस्तार गर्नुपर्ने आवश्यकता रहेको कुरा बैठकमा बोल्नुभएको थियो ।

अहिले गुणस्तरीय उच्च शिक्षा, वैदेशिक रोजगारी र अधिक नाफायोग्य र सुरक्षित व्यवसायको खोजीमा नेपालीहरु विदेशिने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेसले नेपाली कांग्रेसको आदर्श र सिद्धान्ँतले प्रेरित र यसले प्रतिपादन गरेका उदार र लचक राजनीतिक,आर्थिक र सामाजिक नीतिहरुप्रति आकर्षित र प्रतिबद्ध रहेका तर विभिन्न परिस्थितिले विदेशिनु परेका नेपालीहरुलाई जनसम्पर्क समिति अन्तरगत संगठित गर्दै आएको छ ।

 

प्रतिक्रिया