१५ जेष्ठ २०८२, बुधबार | May 29, 2025

हरिनन्दनले मष्ट वान्डेटलाई गाडीमा राखेर हिंड्ने गरेको भतिजो राजाबाबुको आरोप (भिडियोसहित)


43.3k
Shares

मलंगवा, १२ जेठ । सर्लाहीमा राजनीतिमा सक्रिय दुई समूहबीच झडपका घटना पटक पटक भएको खुलेको छ । त्यो समूहहरु हरिनन्दन यादव र राजा बाबु यादवको हो ।

हरिनन्दन काँग्रेसमा छन् भने राजाबाबु माओवादीबाट रामनगरका मेयर हुन् । यी दुईको विवाद उत्कर्षमा पुग्दा पालिकामा अशान्ति मच्चिने खतरा बढेको छ ।

काँग्रेस नेता हरिनन्दन यादवले राजाबाबुमाथि आक्रमणको आरोप लगाएकोमा उनले पनि यादवमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले हरिनन्दन यादवले मष्ट वान्टेडलाई बोकेर हिंड्ने गरेको आरोप लगाए । उनले भने, ‘हरिनन्दन यादव मस्ट वान्डेटलाई बोकेर हिंड्ने गर्नुभएको छ ।’

प्रहरी प्रशासनलाई हातमा लिएर अरुलाई फसाउने गरेको समेत उनको आरोप थियो । उक्त समूहमा वीरन्द्र सिंह रहेको र उनले झगडा लगाउने र झुटो मुद्दा लगाउने गरेको सुनाए । सिंहलाई समात्न खोज्दा दुर्घटना भएकोमा आक्रमणको आरोप लगाइएको उनले बताए ।

प्रतिक्रिया