२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अर्काको नाममा ट्रायल परीक्षा दिएपछि…


0
Shares

काठमाडौँ, १४ वैशाख । धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको अवस्थामा राजेश शाही पक्राउ परेका छन् ।

सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने क्रममा उनी पक्राउ परेका हुन् । उनी अहिले ट्राफिक प्रहरीको नियन्त्रणमा छन् । धादिङ घर भएका शाहीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो ।

नियन्त्रणमा आएका शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाएको छ ।

प्रतिक्रिया