८ भदौ २०८३, सोमबार | August 24, 2026

बालिकाको हत्या र बलात्कारमा संलग्न किशोरको भिडियो कसले बाहिर ल्यायो ?


August 24, 2026
0
Shares

चितवन । अपराधका घटनामा पीडितसँगै अभियोग लागेका व्यक्तिको गोपनीयताको विषय मुलुकी अपराध संहितामा उल्लेख छ । तर, बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

अपराधी मनोवृत्तिलाई बढवा हुनेगरी सोधिएका प्रश्न पनि जस्ताको त्यस्तै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । हातमा हतकडी लगाइएका ती किशोरको अघिपछि दुई प्रहरी पनि देखिएका छन् । प्रहरीकै रोहबरमा भिडियो सार्वजनिक भएको विषयले प्रहरीको अनुसन्धान प्रोटोकलमा पनि प्रश्न उठाएको छ ।

तर, यो भिडियो कुनै सञ्चार माध्यमका पत्रकारले नभइ पक्राउपछि स्वास्थ्य जाँचका क्रममा अस्पताल लैजाँदा डाक्टरहरुले सोधेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार पक्राउपछि मेडिकल जाँचका क्रममा लैजाँदा प्रहरीको दुई ड्यूटी अफिसर सँगै थिए । ती किशोरलाई डाक्टरले प्रश्न सोधेका हुन् । सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

यस्ता संवेदनशील मुद्दाको अनुसन्धानका क्रममा लिइएका अडियो, भिडियो प्रहरीले सार्वजनिक गर्न मिल्दैन । अभियुक्तलाई पनि मुखमा मास्क लगाएर मात्रै सार्वजनिक गर्नुपर्छ ।

प्रतिक्रिया