निमोनियाविरुद्धको खोप लगाउन नाम दर्ता गराउन आग्रह

काठमाडौं,५ फागुन । काठमाडौं महानगरपालिका १४ नं वडाले जेष्ठ नागरिकहरुलाई निमोनियाविरुद्धको ५ वर्षे खोप लगाउनका लागि नाम दर्ता गराउन आग्रह गरेको छ ।
वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आइरहेका ७५ वर्षउमेर पुगेका जेष्ठ नागरिकहरुलाई निमोनियाविरुद्धको खोप लगाउन ७ दिनभित्र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वरमा नाम दर्ता गराउन वडाबासीलाई आग्रह गरेको हो ।