६ माघ २०८१, आइतबार | January 19, 2025

कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी


January 19, 2025
166
Shares

माघ,६ काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने वताउनु भएको छ ।

किसान आयोगको ८ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराउनुभयो । अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ , मन्त्री अधिकारीले भन्नुभयो ।

बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी छ, मन्त्री अधिकारीले भन्नुभयो । यसका लागि तिनै तहका सरकारको सामुहिक प्रयास जरुरी छ,मन्त्री अधिकारीले भन्नुभयो ।

कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ तर हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुदैन ,मन्त्री अधिकारीले भन्नुभयो । अब विषादी न्युनीकरण गर्ने तर्फ पनि सबैको प्रयास जरुरी छ, मन्त्री अधिकारीले वताउनुभयो ।

प्रतिक्रिया