२३ पुस २०८१, मंगलबार | January 7, 2025

‘करोडौं रकम पचाउने, हैनछैन भन्ने ?’


January 3, 2025
581
Shares

पोखरा,१९ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेत मुद्दाका प्रतिवादीहरुलाई तत्काल पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जाहेरवाला–पीडित बचतकर्ताका वकिलहरुले बहस जिकिर गरेका छन् ।

सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भएको हो । मंगलबार र बुधबार सरकारी वकिलहरुको तर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन् ।

सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस

वरिष्ठ अधिवक्ताद्वय डा। सुरेन्द्र भण्डारी र डा। दिनेश त्रिपाठी, अधिवक्ताहरु युवराज पराजुली, वेदबहादुर ९बिबि० विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतम गरी ६ जनाले बहस गरेकामा उनीहरुले सहकारी बचतकर्ताको रकम फिर्ताका लागि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको थप अनुसन्धान गर्नुपर्ने बहस पैरवी गरे । अदालतका स्रेस्तेदार राजन खनालले शुक्रबार पनि जाहेरवालाको तर्फ केही कानून व्यवसायीहरुले बहस गर्ने बताए । त्यसपछि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस प्रारम्भ हुने उनको भनाइ छ । जाहेरवालाको तर्फबाट अझै ७ जना अधिवक्ताहरुले वकालतनामा पेस गरेकामा न्यायाधीश नीतिज राईले समय व्यवस्थापन गर्ने गरी केहीलाई मात्र समय दिन सक्ने छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालतमा दायर भएको छ । ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।

प्रतिवादीहरुमध्ये हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी, जिबी राईकी साझेदार लीला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व संचालक कृष्णबहादुर गुरुङको सम्बन्धमा थुनछेक बहस भएको हो ।

१ हजार १ सय ५६ जना जाहेरवालाको तर्फबाट बहस गर्नेक्रममा कानून व्यवसायी वेदबहादुर ९बिबि० विष्टले सहकारीपीडितको रकम फिर्ता नभएसम्म आफूले प्रतिवाद गरिरहने बताए ।

उनले अगाडि भने, ‘प्रतिवादीमध्येका एक रवि लामिछानेले सहकारीको सदस्य नभएको र आफूले सहीछाप गरेर ऋण नलिएको जिकिर गरेका गर्नुभएको छ । हो, यही चिज ठगी भयो । सहकारीको सदस्य बनेर सहीछाप गरेर ऋण लिएको भए त अपराध होइन । तर, ‘रवि लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ८’ भनी ठेगाना उल्लेख छ । सूर्यदर्शन सहकारीबाट ऋण लिने अहिलेका रास्वपा सभापति रवि लामिछाने हैनन् भने उहाँले आफ्नो बद्नाम गर्ने को हो भनी उजुरी गर्नु भएन रु’

‘एकदमै घुमाउँरो नदीलाई ‘नागबेली नदी’ भनिन्छ । तर, एक उदाहरण दिँदा त सबैभन्दा बढी घुमाएको त यहाँ देखियो । रकम खानेपचाउने नियतले एकपछि अर्को, घुमाएकोघुमायै गरिएको छ । यसको अर्थ यो पैसा कहाँबाट आयो रु भन्ने थाहा नदिन जानी बुझीकन गलत कार्य गरिएको विष्टको जिकिर थियो ।

प्रतिवादी रामबहादुर खनालले १० लाखको शेयर किन्दिएछन् भन्नुभएको छ । आफूले पैसा दिएको होइन भन्ने दाबी गर्नुभएको छ । रवि लामिछाने, जिबी राई, रामबहादुर खनाल, लीला पछाईंसमेतका प्रतिवादीहरुले सहकारीको शेयर सदस्य नभएको र एक रुपैयाँ पनि पैसा लिएको छैन, हैन भनिरहनुभएको छ । ती सबै प्रतिवादीहरुले एउटै भाषा प्रयोग भएको छ । यसो भन्नुको अर्थ, यी प्रतिवादीहरुको संगठित अपराधमा कोड भाषा प्रयोग भएको हो कि रु’ उनले आशंका व्यक्त गरे ।

‘हैन । छैन । थाहा थिएन । थाहा हुने कुरा भएन । म निर्दोष छु मात्र भन्नुभएको छ,’ अधिवक्ता विष्टले तर्क गरे, ‘यसको अर्थ संगठत अपराधमा कोड भाषा प्रयोग गरिने जसरी यहाँ बयान भएको छ ।

। तर यी प्रतिवादीहरुले संगठित अपराध गरेको प्राप्त सम्पूर्ण सत्यतथ्य र प्रमाण कागजले पुष्टि गरेको छ ।’

करोडौं रुपैयाँ अपचलन हुनुमा सबैभन्दा ठूलो हात लीला पछाईको पनि देखिएको विष्टले बताए । सम्पूर्ण प्रक्रियामा सबैभन्दा सत्यतथ्य रुपमा पछाईं प्रस्तुत पनि भएको विष्टले उल्लेख गरे । तर, पछाईंले १६ करोड ८५ लाखभन्दा बढी रुपैयाँको शेयर किनेको, १६ करोड बराबरमा शेयर बेचेको देखिए पनि पैसा आफूले नचलाएको, हैन, छैन म निर्दोष छु भनिरहनु, यो गलत हो ।

पूर्व डिआईजी छविलाल जोशीले श्रीमती, छोराको नाममा रकम हिनामिना गरेको पाइएको छ । सहकारीबाट ठगी गरेर लगेको रकमलाई ‘ह्वाइट मनी’ रुपमा देखाउने जालप्रपञ्च भएको विष्टको ठहर छ । जिल्ला सरकारी वकिलको अभियोगपत्रमा जोशीले ७४ करोड हिनामिना गरेको उल्लेख छ ।

पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेले अदालतमा भने झुठा बोलेको विष्टले आरोप लगाए । अगाडि भने, ‘अदालतमा झुठो बोल्न पाइँदैन । प्रतिवादीमध्येका रवि लामिछाने लाखौं युवाका लागि आइकन हुनुहुन्छ । उहाँले सत्यतथ्य कुरा स्वीकारीदिएको भए, गल्ती भयो रकम तिर्छु भनी स्वीकारेको भए पीडितको हृदयमा पनि शीतलता आउँथ्यो । यो मुद्दा मिलापत्रमा पनि जान सक्थ्यो । तर, उहाँले त्यो कुरा स्वीकार्नु हुन्न । बचतकर्तालाई रुवाएर पैसा सबै लैजाने, चलाउने, खाने, मास्ने, रमाइलो गर्ने तथा हिनामिना गर्नुभएको छ ।’

उनले विषालु वृक्षको फलको उदाहरण दिँदै परिणामस्वरुप गलत कार्य अथवा गलत तरिकाले गरिएको कामको नतिजा अन्ततः गलत नै हुने दलील पेस गरे ।

‘गोर्खा मिडिया नेटवर्क प्रालि संगठित रुपमा रहेको समूहले संचालन गरेको सहकारीको बचत रकम हिनामिना गरी प्राप्त गरेको रकमबाट संचालन गरेको देखिए आएबाट कानूनविपरीतको कार्य भएकाले सोको परिणाम पनि कानूनविपरीत नै हुन्छ,’ उनले अगाडि भने, ‘आज यिनै बचतकर्ताबाट करोडौं रकम लुटेर, ठगेर लगेका थिए, त्यत्रो लगानी गरेको टेलिभिजन आज डुबेर गयो । यिनलाई कुनै पश्चात्ताप छैन । आफूले गरेको भए पो पीडा हुन्छ ।’ तसर्थ उनले हाल अदालत उपस्थित गराइएका ७ मध्ये ६ जना प्रतिवादीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै माग दाबी गरे ।

उनका अनुसार ७८ वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङलाई साधारण तारेखमा रिहा गर्नुपर्छ । उनले भने, ‘ज्येष्ठ नागरिक ऐन २०६३ बमोजिममा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सबैको कर्तव्य हुन्छ । सर्वोच्च अदालतले समेत ज्येष्ठ नागरिकलाई गरिने संरक्षण र सम्मानले समाजको चेतनाको स्तर देखाउँछ भनेको छ । जीवनको उत्तरार्धमा पुगेको मान्छे जसले सहकारीमा प्रत्यक्ष ठगी गरेको भन्ने छैन, उनी सहकारीको तत्कालीन संचालक सदस्य रहेकोमा त्यो कार्यकालमा १ करोड ५४ लाख वरिपरि हिनामिना भएको देखियो । उहाँको पदीय दायित्व हो, तर जीवनको उत्तरार्धमा पुगेको मान्छेलाई थुनामा राखिरहनुपर्दैन । आजै साधारण तारेखमा रिहा गरे नि हुन्छ ।’

ज्येष्ठ नागरिक ऐन, २०६३ ले समेत ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत सजाय छुट गर्ने व्यवस्था गरेको छ ।’ पोखरा–१२, रानीपौवा निवासी भूपू ब्रिटिस लाहुरे कृष्णबहादुर पूर्व सांसद मीना गुरुङका बाबु हुन् । राजधानी दैनिबाट

प्रतिक्रिया