नेपाल भ्यालुयर्स एशोसिएशन कोशी प्रदेशद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मोरङ,१३ पुस । नेपाल भ्यालुयर्स एशोसिएशन कोशी प्रदेशले शनिबार भ्यालुयर्स इन्जिनियरहरुसँग अन्तक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम मोरङको सुन्दरहरैचा–६ हसिना सिमसारमा आयोजना गरिएको हो ।
नेपाल भ्यालुयर्स एशोसिएशन कोशी प्रदेशका अध्यक्ष ई.आमोदराज आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय अध्यक्ष ई.सन्जयकुमार महतो प्रमुख अतिथि र सचिव ई.रबिन्द्र अधिकारी विशेष अतिथि हुनुहुन्थ्यो ।
अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष ई.महतोले सबै इन्जिनियहरुलाई निडर र एकजुट भई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले भ्यालुयर्स इन्जिनियरहरुको विजयको दिन नजिक आइसकेको भन्दै सबैलाई खुशी मनाउन तयार हुन पनि आग्रह गर्नुभयो ।
त्यसैगरी,केन्द्रीय सचिव ई.अधिकारीले निस्पक्ष रुपमा काम गर्ने भ्यालुयर्स इन्जिनियरहरु डराउन नपर्ने आश्वासन दिंदै उहाँले इन्जिनियरहरुको हरेक सुःख दुःखमा साथ दिन एशोसिएशन तयार रहेको पनि बताउनु भयो ।
यस्तै,कोशी प्रदेश एशोसिएशनका अध्यक्ष ई.आचार्यले कार्यक्रममा उपस्थित भएर उत्साह प्रदान गरेको भन्दै इन्जिनियरहरुसहित केन्द्रीय अध्यक्ष र सचिवलाई विशेष धन्यवाद दिनुभएको थियो । सो कार्यक्रमको सञ्चालन कोशीका सचिव ई.सुमन तिमिल्सिनाले गर्नुभएको थियो । सो कार्यक्रममा करिब एक सय जना बढी इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।