११ पुस २०८१, बिहिबार | December 26, 2024

नयाँ संसद भवन नजिकै आत्मदाहको प्रयास गर्ने को हुन् ?


December 25, 2024
332
Shares

एजेन्सी, १० पुस । भारतको नयाँ संसद भवनस्थित रेल भवन अगाडिको राउन्डअबाउटमा एक व्यक्तिले आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । जितेन्द्र नामका व्यक्ति उत्तर प्रदेशका बासिन्दा रहेको बताइएको छ ।

घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । अहिले प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ । यद्यपी ती व्यक्तिले के कारणले आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार घाइतेहरुलाई राममनोहर लोहिया अस्पतालमा लगिएको छ । उनी ६० प्रतिशतसम्म जलेको बताइएको छ । ती व्यक्तिले रेल भवन र नयाँ संसद अगाडिको राउन्डअबाउटभित्र आगो लगाएका हुन् ।

त्यसपछि उनी राउन्डअबाउटको रेलिङ हाम फालेर नयाँ संसद भवनस्थित रेल भवन बीचको सडकमा पुगेका थिए । अर्कोतर्फ, प्रहरीले तत्कालै घटनास्थलमा पुगेर आगो निभाएर राम मनोहर लोहिया अस्पताल पुर्याएको थियो । उनको जलेको झोला र केही कागजपत्र प्रहरीले बरामद गरेको छ । हाल अनुसन्धान भईरहेको छ ।

नयाँ संसद भवन नजिकै ती व्यक्तिले किन आगो लगाए र किन आगो लगाए भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्नेछ । यी सबै प्रश्नको जवाफ प्रहरी अनुसन्धानले मात्रै आउनेछ ।

 

प्रतिक्रिया