३० आश्विन २०८१, बुधबार | October 16, 2024

तरुणदल केन्द्रीय कार्यसमितिको रक्तदान कार्यक्रम सम्पन्न


October 6, 2024
415
Shares

काठमाडौं,२० असोज । नेपाली कांग्रेस निकट नेपाल तरुणदल केन्द्रीय कार्यसमितिले आज बृहत रक्तदान कार्यक्रम २०८१ सम्पन्न गरेको छ । गत साता देशभर गएको बाढी पहिरोमा परि विभिन्न रोगको संक्रमणमा परेकाहरुको सहयोगार्थ तरुणदलले आज सो कार्यक्रम सम्पन्न गरेको हो ।  आज १ सय ४० जनाले रक्तदान गरेका छन् ।

केन्द्रीय सदस्य जयराम दाहालले बाढी पहिरोमा परेर विभिन्न रोगको उपचार गराइरहेका बिरामीहरुको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । “बाढी पहिरोमा परेर विभिन्न रोगको संक्रमण भएका,डेंगु र अन्य रोगको बढ्दो संक्रमणले स्वास्थ्योपचार गराइरहेका बिरामीहरुलाई रगत आवश्यक परेका विभिन्न अस्पतालहरुको अभाव परिपुर्ति गर्न कार्यक्रम आयोजना गरेका हौ ।”–दाहालले बताउनु भयो ।

काठमाडौंको त्रिचन्द्र क्याम्पस घण्टाघरमा आइतबार बिहान आयोजना गरिएको सो कार्यक्रम कांग्रेस सह–महामन्त्री एवं तरुणदल केन्द्रीय निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय (डिना)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तरुणदलको महाधिवेशन तोकिएको समयमै हुने र सधै तरुणदलले यस्तै रचनात्मक कार्यक्रम गरिरहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रम केन्द्रीय सदस्य रोज राईको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया