८ आश्विन २०८१, मंगलबार | September 24, 2024

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता


August 12, 2024
415
Shares

काठमाडौं,२८ साउन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा सोमबार बिहान उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

मिस्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल विमानस्थलमै पुगेकी थिइन् । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए ।

सोमबार फर्कने गरी आइतबारआएका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च अधिकारीहरु भेट गरेका छन् । मन्त्री सिंहको सचिवालयको अनुसार भेटमा सहरी विकास, काठमाडौं उपत्यकाभित्रका नदीहरूको स्वच्छता र सफाइ, फोहोरमैला व्यवस्थापनलगायत विषयमा सहकार्यबारे कुराकानी भएको हो ।

मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’सँग भेटवार्ता गरिसकेका छन्।

 

प्रतिक्रिया