८ आश्विन २०८१, मंगलबार | September 24, 2024

स्व.ऋृषिराम–यवादेवी घिमिरे फाउन्डेसनको एस.ई.ई. ग्रेड वृद्धि तयारी कक्षा समापन


11.5k
Shares

काठमाडौं,१९ साउन । नेपाल विद्यार्थी संघ दाङको आयोजनामा स्व.ऋृषिराम घिमिरे–यवादेवी घिमिरे फाउन्डेसनको सहयोगमा सञ्चालित एस.ई.ई. ग्रेड वृद्धि तयारी कक्षा समापन गरिएको छ ।

फाउन्डेसनको आर्थिक सहयोगमा ७५ जना विद्यार्थीहरुलाई निशुल्क एस.ई.ई. ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गरिएको थियो ।

कक्षा समापन तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य,समाजसेवी एंव युवा नेता किरण किशोर घिमिरेले विद्यार्थीहरुको सुन्दर भविष्यको सफलताको शुभकामना दिएका थिए ।

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेस दाङका उप–सभापति गिरीराज सुवेदी,काङ्ग्रेस क्षेत्र नं २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र वहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डि सी, सहभागी विद्यार्थी रोल्पाका चित्रकला पुन लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रमको सहजीकरण नेविसंघका जिल्ला सदस्य गुरुप्रसाद गौतमले गरेका थिए भने विद्यार्थीहरुलाई टीका र खादा लगाएर बिदाइ गरिएको थियो ।

प्रतिक्रिया