३ कार्तिक २०८१, शनिबार | October 19, 2024

तीन लायन्स क्लबद्धारा विपन्न बालिकाहरुलाई सेनेटरी प्याड वितरण


2.9k
Shares

काठमाडौं,१९ साउन । लायन्स क्लब मकवानपुर ईनोभेटिभ,लायन्स क्लब काठमाण्डौं युनाईटेड सगरमाथा र लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टको संयुक्त आयोजनामा आज सेनेटरीप्याड बितरण गरिएको छ ।

हात्तीबनस्थित ओम साई सत्यदेवी ट्रष्ट, नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका ३० जना बालिकाहरुलाई सेनेटरीप्याड बितरण गरिएको लायन्स क्लब अफ मकवानपुर सगरमाथा स्मार्टका चार्टर सुरज अयालले जानकारी दिनुभयो ।

सेनिटरी वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका डिष्ट्रिक्ट को–चिफ एडभाईजर द्वय भिकेएस ठकुरी र डिस्ट्रिक को–चिफ राघव आचार्य, डिष्ट्रिक्ट डेपुटी चिफ अरुण गुरुङ्गका साथै मकवानपुर इनोभेटिभका अध्यक्ष सरिता कार्की गुरुङ, लायन्स क्लव ललितपुर इलाइट हेइवा का अध्यक्ष देवेश शाक्य, मकवानपुर इनोभेटिभका दोस्रो अध्क्षय लक्ष्मण थापा,लायन्स क्लब युनाइटेड सगरमाथाका सचिव विद्या महर्जन लगायत सम्पूर्ण लायन्स लिडरहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा बालबालिकाहरुले भजन गरि उपस्थित सम्पूर्णलाई साइ आरतीमा सहभागी गराएका थिए । कार्यक्रममा संस्थाका बालबालिकाहरुले टोकन अफ लभ र रुद्राक्षको माला लगाई दिएर स्वागत एंव सम्मान गरेका थिए ।

उक्त टोकन अफ लभ अभिभावक डिस्ट्रिक को–चिफ एडभाइजरले ग्रहण गरेका थिए । कार्यक्रममा अथितिहरुबाट द्वीप प्रज्वलन गर्दै शान्ति,सद्भाव र आशीर्वादको कामना गरिएको थियो ।

 

प्रतिक्रिया