३ कार्तिक २०८१, शनिबार | October 19, 2024

युवा व्यवसायी पुडासैनी निर्माण तथा यातायात बिभागको सदस्य मनोनित


12k
Shares

काठमाडौं,१९ साउन । समाजसेवी एवं निर्माण व्यवसायी रामेश्वर पुडासैनी नेपाली कांग्रेस बाग्मती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात बिभागको सदस्यमा मनोनित भएका छन् ।

नयाँ बानेश्वरस्थित आनन्द बैंक्वेटमा आयोजित मनोनित कार्यक्रममा प्रमाणपत्रसहित युवा व्यवसायी पुडासैनीलाई नेपाली काङ्रेस वागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ,नेता जगदिश्वर नरसिंह केसीलगायतले सम्मान गरेका हुन् ।

पुडासैनीले निर्माण तथा यातायात विभागको सदस्य मनोनित भएकोमा खुशी व्यक्त गर्दै सम्मानले थप हौसला र उर्जा प्राप्त भएको नेपाली पेनडटकमसँग प्रतिक्रिया दिए । उनले भने–‘विभागले गरेको यो सम्मानले व्यवसाय र समाज सेवामा लाग्न थप उर्जा मिलेको अनुभव भएको छ ।’

पुडासैनीसँगै बिभागले आज विभिन्न क्षेत्रमा आबद्ध २५ जनालाई सदस्य मनोनित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बाग्मती प्रदेश सभापति बानियाँले संविधान संसोधनका लागि प्रमुख ठूला दुइ दल मिलेर सरकार बनाएको बताए । प्रत्यक्ष निर्वचनमा नै समानुपातिक समाबेसिताको सुनिश्चिततका लागि संविधान संसोधन आवश्यक रहेको बानियाँको भनाइ थियो ।

कार्यक्रममा काँग्रेस वागमतीका नेता जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले सहमती अनुसार नेतृत्व सहज हस्तान्तरण गर्नेमा शंका ब्यक्त गरे ।


वागमती प्रदेशका पूर्वमन्त्री कृश्णलाल भणेलले काँग्रेसले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए । वागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात बिभाग प्रमुख बिक्रम लामाले प्रदेशका अन्य विभाग भन्दा फरक, अब्बल बनाउने प्रतिबद्दता ब्यक्त गरे ।

 

कार्यक्रममा प्रमुख अतिथिले मनोनित सदस्यलाई प्रमाण पत्र र अन्य अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख अतिथिलाई समितिका प्रमुख लामाले मायाको चिनो प्रदान गरेका थिए ।

 

 

प्रतिक्रिया