२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आज नेप्सेले राख्यो इतिहासकै उच्च रेकर्ड


1.3k
Shares

काठमाडौं,१७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा आज इतिहासकै उच्च कारोबार भएको छ। साताको कारोबारको चौंथो दिन बुधबार सेयर कारोबार रकमले नयाँ कीर्तिमान राखेको हो । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

जुन हालसम्मकै उच्च हो । आज नेप्से परिसुचक ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको सेयर कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसैगरी आज माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको सेयर कारोबार भएको छ । बुधबार शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया