३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपालको स्थापना दिवसमा झण्डोत्तोलन


4.6k
Shares

काठमाडौं,२३ जेठ । इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपालको १६औं स्थापना दिवसको अवसरमा संस्थाको सचिवालय त्रिपुरेश्वर काठमाडौंमा झण्डोत्तोलन सम्पन्न भएको छ । सचिवालयको प्राङ्गणमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भिकेएस ठकुरीले झण्डोत्तोलन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठकुरीले विश्वभर इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशनको सदस्य विश्वभर १ लाख १३ हजार भएको बताउनु भयो । काठमाडौंमात्र नभएर संस्थाले दुर्गम क्षेत्रका पीडितहरुको पनि उद्धार गर्दै आएको सुनाउनु भयो । त्यसैगरी उहाँले सार्क देशमा इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपाल १ नम्बरमा रहेको उल्लेख गर्दै बंगलादेश दोस्रो नम्बरमा आएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक अनअरी सल्लाहकार गोपाल श्रेष्ठले इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपालले गरिरहेको कामको प्रशंसा गर्नुभयो । उहाँले संस्थालाई आगामी दिनको लागि पनि शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ठकुरी, उपाध्यक्ष शिला न्यौपाने,महासचिव सुरज अर्याल, लायन्स क्लबका डिस्ट्रिक अनअरी सल्लाहकार गोपाल श्रेष्ठ, डेपुटी चिफ अरुणकुमार गुरुङ,लायन्स क्लब मकवानपुर इनोभेटीभका नव निर्वाचित अध्यक्ष सरीता गुरुङ अतिथिको रुपमा हुनुहुन्थ्यो ।

कार्यक्रममै अध्यक्ष भिकेएस ठकुरीले इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपालको सदस्य बिनिता फुयाललाई कोषाध्यक्षमा नियुक्त समेत गर्नुभएको थियो । इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेशन नेपालका निर्देशक,सदस्यहरुको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भने महासचिव अर्यालले गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया