७ आश्विन २०८१, सोमबार | September 24, 2024

‘जनताको अभिमतलाई सम्मान गर्न नसकेको गणतन्त्रको औचित्य छैन्’


7.6k
Shares

काठमाडौं,१५ जेठ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले गणतन्त्रले नेपाली जनताको भावना र चाहनालाई आत्मसात गर्न नसकेको टिप्पणी गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना दिंदै रायमाझीले लेखेका छन्,“व्यवस्था र अवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेहरूलाई धोका दिएर केही व्यक्ति विशेषको स्वार्थपूर्तिको निमित्त गणतन्त्रलाई उपयोग गर्दा राष्ट्र टुहुरो बनेको छ । गणतन्त्र देश र आम नेपालीको लागि अभाफसिद्ध भएको छ ।”

उही व्यक्ति उही सोच उनीहरूकै पारिवारिक पृष्ठ पोषणमा राज्यको साधन स्रोतको दोहन गरेको दाबी गर्दै रायमाझीले लेख्छन्,“गणतन्त्र नेपालीका लागि ल्याइएको होइन रहेछ भन्ने जनताले बुझ्दैछन् । गुटबन्दी, दलीय संकीर्णता र मुठ्ठीभर नेताहरुले राज्यलाई बन्धक बनाएर शासन चलाउँदा यो १७ वर्षमा देश आफैमा बिरानो बन्यो । स्वदेशभित्रै गरी खानेहरूलाई टिक्न नसक्ने अवस्थामा पु¥याइयो। आदर्शवादी, देशभक्तहरू लाई ओझलमा पारियो। सर्वत्र बेथिति विसंगतिले देश आक्रान्त बनाइयो ।”

गणतन्त्र आएपनि नेपाली जनताको अवस्था जस्ताको तस्तै रहेको उनको भनाइ छ । “गणतन्त्र कागलाई बेल पाक्यो न हर्ष न न विस्मात भएको छ । आपसी भाइचारा सद्भावलाई समेत खलल पुग्ने गरी अनेकौं गुट र उपगुटहरु उत्पन्न गराएर मुलुकलाई आन्तरिक द्वन्द तर्फ उन्मुख गराइएको छ । प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शलाई राजनीतिक दलहरुले लत्याएको परिणाम देश भयावह अवस्थामा पुगेको छ । गणतन्त्र जसले ठेक्कामा ल्याए उनैको लागि मात्रै भयो । गणतन्त्रको उदयपछि जनताले देखेको सुनौलो सपना सपना नै रह्यो चक्नाचुर भयो। १२बुँदे समझदारीका मतियारलाई मात्रै यो गणतन्त्र फलिफाप भएको छ । राष्ट्रिय सहमति खोज्न नसकेको परम्परागत शक्ति र जनताको अभिमतलाई समेत सम्मान गर्न नसकेको गणतन्त्रको कुनै औचित्य छैन् ।”

प्रतिक्रिया