१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

सत्याग्रहीको माग सरकारले चाँडो भन्दा चाँडो सम्बोधन गरोस्ः महासचिव बानियाँ


913
Shares

काठमाडौं,३ जेठ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनसन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले ‘स्वेदशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाच्न देउ’ लगायतका १८ बुंदे माग सहित कलंकी चोकमा बसिरहेका सत्याग्रहीको माग सरकारले चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्ने बताए ।

संघर्ष समितिको जायज मागलाई सरकारले वेवास्था गरेको भन्दै महासंघले दुःख व्यक्त गरेको छ । सरकार आन्दोलदकारीका मागप्रति समयमै गम्भिर बनेर आपसी सहमतिको आधारमा सम्बोधन गर्न पनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया