४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सम्पादक कालिका महत सम्मानित


498
Shares

काठमाडौं,१६ वैशाख । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम र आर्थिक मूलधार मासिक पत्रिकाका सम्पादक कालिकाबहादुर महत सम्मानित भएका छन् । सम्पादक महतलाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले दोस्रो अधिवेशनको अवसरमा सम्मान गरेको हो ।

शनिवार भक्तपुरमा सम्पन्न अधिवेशनले सम्पादक महतलाई दुई दशक बढी समयदेखि सक्रिय रुपमा पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै ‘रजत अभिनन्दन २०८१’ बाट सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सम्पादक महत महासंघ उपत्यका प्रदेश समितिका संस्थापक सदस्य पनि हुन् ।

प्रतिक्रिया