सर्वोच्च अदालत बार एशोसिएशनको कोषाध्यक्षमा पौडेल विजयी
काठमाडौं,२१ पुस । सर्वोच्च अदालत बार एशोसिएशनको कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले निकटतम प्रतिद्धन्द्धी अधिवक्ता अनन्तराज लुईटेललाई १ सय ४० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
शनिबार सम्पन्न एशोसिएशनका ३५औं कार्यसमितिको निर्वाचनमा पौडेलले ३ सय ४० मत प्राप्त गरेका छन् भने लुइटेलले २ सय मत पाएका छन् ।
शनिबार भएको चुनावमा अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उपाध्यक्षमा अधिवक्ता अम्बर बहादुर राउत निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा अधिवक्ता रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन विजयी भएका छन् ।