सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश हो : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गर्नु भएको छ ।
सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नू भयो,सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो। यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ।दूरदराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूूलधारमा ल्याउने तपाईंहरको भूमिका महत्त्वपूर्ण छ।उहाँले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यसपर्वलाई रात छोटा र दिन लामा हुनुका साथै चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताउनु भयो।
मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताउनु भयो। उहाँले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताउनु भयो। उक्त समारोहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य नन्दकृष्ण जोशी लगायतका दर्जनौ् कलाकारहरूले आफ्नो प्रस्तुति ,छलिया नाच,देउडन नाच समेत प्रस्तुत गर्नुभएको थियो।