४ श्रावण २०८३, सोमबार | July 21, 2026

बजेटलाई टेवा पुग्ने गरी मौद्रिक नीति ल्याउदैछौं: कार्यकारी निर्देशक पौडेल


830
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले ल्याएको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याउने तयारी गरेको जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले बजेटका प्राथमिकतालाई साथ दिने गरी मौद्रिक नीति निर्माणको गृहकार्य भइरहेको बताएका हुन्।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले नबिल बैंकसँगको सहकार्यमा आइतबार काठमाडौंमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा बोल्दै पौडेलले वर्तमान सरकारले उच्च जनविश्वासका साथ ल्याएको बजेटको लक्ष्य पूरा गर्न मौद्रिक नीतिले सहजीकरण गर्ने बताए।

“सरकारले बजेटमार्फत तय गरेका प्राथमिकता र दिशालाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्छ। त्यसैअनुसार गृहकार्य गरिरहेका छौँ,” उनले भने।

पौडेलले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी ९ब्ःऋ० स्थापना हुनेमा राष्ट्र बैंक आशावादी रहेको पनि बताए। उनका अनुसार यस्तो कम्पनी स्थापना गर्ने अवधारणा २०५७र५८ सालदेखि उठ्दै आएको भए पनि अहिलेको सरकारले यसलाई प्राथमिकतामा राखेकाले यसै वर्ष मूर्त रूप लिने अपेक्षा गरिएको छ।

उनले अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर निरन्तर घट्दो क्रममा रहेको जानकारी दिए। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले अर्बौँ रुपैयाँ खर्च गरेर ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने प्रयास गरिरहेको उनले बताए।

यद्यपि बैंक तथा वित्तीय संस्थासँग कर्जा प्रवाह गर्ने पर्याप्त क्षमता हुँदाहुँदै पनि ऋण विस्तार अपेक्षाअनुसार हुन नसकेको उनले स्वीकार गरे। उनका अनुसार बैंकहरू लगानी गर्न तयार भए पनि बजारमा कर्जाको माग कमजोर देखिएको छ।

राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउने, बजेट कार्यान्वयनलाई सघाउने तथा वित्तीय प्रणालीमा देखिएका चुनौती सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया