२९ असार २०८३, सोमबार | July 14, 2026

१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध


0
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको ‘कम्पनी ऐन, २०८३’ को मस्यौदाले पुँजी बजारमा ठूलो तरङ्ग सिर्जना गरेको छ।

सरकारले तयार पारेको उक्त मस्यौदामा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरिएपछि लगानीकर्ता चिन्तित बनेका हुन्। सोमबार बिहानैदेखि पुँजी बजारसँग सरोकार राख्नेहरूबीच सामाजिक सञ्जालमा यस विषयमा व्यापक बहस र विरोध सुरु भएको छ।

मस्यौदामा यो प्रस्ताव आएपछि दोस्रो बजार ९नेप्से० मा हुने नियमित कारोबारमा समेत थप १ प्रतिशत व्ययभार थपिने आशङ्कामा लगानीकर्ता अन्योलमा परेका छन्। चौतर्फी विरोध र आलोचना भएपछि मन्त्रालयले भने उक्त विवादास्पद व्यवस्थालाई परिमार्जन गर्ने सङ्केत गरेको छ।

प्रतिक्रिया