कीर्तिपुरको होल्डिङ सेन्टरबाट तामाङ पक्राउ
विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।
काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।

